काठमाडौं । पदाबधिका कारण यही बैशाख २० गते बाट अनिबार्य अबकाशमा जान लागेका सशस्त्र प्रहरीका एआइजी पुष्पराम केसी एक बर्ष कार्यकाल थपिदिन लम्पसार पर्दै माओबादी नेताको शरणमा पुगेका छन् ।
यही बैशाख २० गते केसि संगै अर्का एआइजी रामशरण पौडेलको पनि कार्यकाल सकिदै छ । तर पौडेलको जे सुकै होस् तर आफ्नो चाहिं म्याद थपिनु पर्छ भन्दै उनि माओबादी नेता नारायण दाहालको पाउमा  रोइलो गर्न पुगेका हुन् । केसीले गृहमन्त्री रामबहादुर थापा बादल निकटका केही नेतालाइ भेटेर चुनाब भएमा आफुले आर्थिक सहयोग गर्ने भन्दै हिंडेको समेत गृह मन्त्रालय  श्रोत बताउंछ । तर यसरी पदाबधि थप्ने हो भने हालका डिआइजीहरु विशेष गरि  खड्ग राइ , मन्दिप श्रेष्ठ र प्रबिणकुमार श्रेष्ठको समेत बृत्ति बिकासमा प्रत्यक्ष असर पर्ने छ ।
तर अहिले एआइजी केसी संगठनको काम छोडेर गुटबन्दि गर्दै र संगठनको हित बिपरित ब्यक्तिगत स्वार्थमा लिप्त भएर  हिंड्नमै ब्यस्त रहेको गृह  श्रोत बताउंछ ।   गृह श्रोतका अनुसार यसरी पदाबधि थप्दै जाने हो भने संगठनको चेन अफ कमाण्ड भत्कन्छ भने तल्लो दर्जाका सयौं अधिकृतको बृत्ति बिकासमा समेत यस्ता हर्कतले थप समस्या सृजना गर्छ , त्यसैले कुनै एक ब्यक्तिको निहित स्वार्थले सिंगो संगठन माथि आघात हुने काम गर्नु हुंदैन , उहांहरुको पदाबढि थप्नु हुंदैन ,  यस्तो बिषयमा हामि गम्भिर छौं ।
यसरि पदाबधि थपेर संगठनलाइ कुनै फाइदा नहुने बताउंदै गृह मन्त्रालय   श्रोत भन्छ –   उहांले बिभागीय काम लथालिङ्ग बनाएर एकल स्वार्थको लागि चाकडी गर्दै हिंड्नु संगठनको हित बिपरित छ र लामो समय एउटै दर्जामा बसेर निराश भएका अधिकृत माथि थप  अन्याय गर्ने अधिकार उहाँलाई छैन ।