काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम कारोबार दिन बिहिबार सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । यस दिन नेप्सेमा ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यसअघि माघ ११ गते आइतबार नेप्सेमा ९ अर्ब ३७ करोड ६० लाख बराबरको कारोबार भएको थियो ।
बिहीबार नेप्से १६.५५ अंकले घटेर दुई हजार चार सय २५ दशमलब २९ विन्दुमा पुगेको छ । त्यस्तै, आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ३ समूह बढेका छन् भने अन्य ९ समूह घटेका छन् । आज ९ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।