रोम । बढदो कोरोना भाइरस संक्रमणका घटनालाई लिएर इटालीले इसाई समुदायको महान चाड क्रिमस र नयाँ वर्षका ेअधिकांश समय राष्ट्रभरी कडा लकडाउन कार्यान्वयन गर्न इटालीयन सरकारले शनिवार आदेश दिएको छ । सार्वजनिक विदा भरि मुलुक ‘ रेड जोन ’ प्रतिवन्धमा रहने भएको छ । अत्यावश्यक नरहेका पसलहरु लगायत रेस्टुरेन्ट र बारहरु बन्द गरिने भएको छ । इटालियनहरु काम , स्वास्थ र अन्य आपतकालिन कामको सिलसिलामा मात्र घरबाट बाहिर निस्कन पाउने बताइएको छ । तर सिमित संख्यामा घर घरमा भेला हुने अनुमति भने दिइएको छ ।
इटालीका प्रधानमन्त्री गिउसेप्पे कोन्टेले यस विषयमा आयोजित पत्रकार सम्मेलनमा भनेका छन् , ‘ यो त्यति सजिलो निर्णय होइन । हाम्रा स्वास्थ विशेषज्ञहरु क्रिसमस र नयाँ वर्षको भिडभाडको कारण संक्रमण अनियन्त्रित हुने शंकाले निकै चिन्तित रहेका छन् । ’
युरोभरिमै सबैभन्दा बढि इटालीमा धेरैले ज्यान गुमाएका छन् । यहाँ अहिले सम्म झण्डै ६८ हजार जनाको कोभिड १९ को कारण मृत्यु भइसकेको छ ।