मेलर्वन । अस्ट्रेलिया विरुद्ध भईरहेको पहिलो टेस्टको दोस्रो इनिङ्समा भारतले लज्जास्पद ब्याटिङ प्रदर्शन गरेको छ । एलिडेट ओभलमा भईरहेको पहिलो टेस्ट अन्तर्गत तेस्रो दिनमा भारतले २१दशमलव २ ओभरमा ३६–९ को स्थितिमा इनिङ्स सकिएको घोषणा गरेको छ । यससँगै अस्ट्रेलियालाई जितको लागि ९० रनको आवश्यक रहेको छ ।

तेस्रो दिन ९–१ को स्थितिमा खेलको शुरुवात गरेको भारतको ब्याटिङ निकै कमजोर देखिएको हो । दोस्रो इनिङ्समा भारतको लागि कुनैपनि ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । मयङ्क अग्रवालले ४० बलमा सार्वधिक ९ रन जोडे । यस्तै हनुमा विहारीले ८ रन जोड्दा कप्तान विराट कोहोली, पृथ्वी शाह, वृद्विमान साह, उमेश यादवले समान ४–४ रन जोडे । पुजरा, रहाणे र अश्विनले खाता खोल्नपनि सकेनन् ।

अस्ट्रेलियाको लागि हज्लेवुडले ५ ओभर बलिङ गर्दै ३ मेडन राखेर ८ रन खर्चिदै ५ विकेट लिए । कमिङ्सले १० दशमलव २ ओभरमा ४ मेडन राख्दै २१ रन खर्चेर ४ विकेट लिए । पहिलो इनिङ्समा भारतले २४४ जोडेको थियो भने अस्ट्रेलियाले १९१ रन जोडेको थियो ।