मस्को ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ब्रिक्स देशहरुसँग कोरोना भाइरस खोप विकसित गर्न संयुक्त प्रयासका लागि आह्वान गरेका छन । उनले रुसमा विकिसत कोभिड १९ खोप स्पुतनिक भी उत्पादन चीन र भारतमा गर्न सकिने सुझाव दिएका छन । चीन र भारत ब्रिक्स समुहका सदस्य राष्ट्र हुन् ।
पुटिनले भिडियो कन्फ्रेसका माध्यमबाट १२ औं ब्रिक्स शिखर सम्मेलनलाई सम्बोधन गर्दै भने, ‘ब्रिक्स देशद्वारा खोपको विकास र अनुसन्धानका लागि केन्द्रको स्थापनालाई गति दिनु महत्वपुर्ण हो, जसलाई हामी दक्षिण अफ्रिकी मित्रको पहलमा सहमत भएका थियौं । ’
यस सिखर सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी जिनपिंग, ब्राजिलका राष्ट्रपति जैर बोलसोनारो र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामफोसाले भाग लिएको थियो । यस सम्मेलनको आयोजना राष्ट्रपति पुटिनले गरेका थिए ।
रुसको स्पुतनिक ५ खोप जुन अगस्टमा दर्ता भएको थियो, त्यसको उत्पादन ब्रिक्सका दुई सदस्य चीन र भारतमा गर्न सकिने पुटिनले बताएको स्पुतनिक न्युजले जनाएको छ ।
रुसी प्रत्यक्ष लगानी कोषले स्पुतनिक भीको परीक्षण संचाललाई लिएर ब्राजिल र भारितीय साझेदारहरुसँग सम्झौता गरेको उनले जानकारी दिए । चीन र भारतबाट खोप उत्पादन शुरु गर्न सकिने गरी त्यहाँका औषधी कम्पनीहरुसँग पनि एक सम्झौता भएको उनले बताए । यसले ती देशको आवश्यकता पुरा हुने मात्र नभई अन्य देशलाई पनि मद्दत हुने उनले थपे ।
स्पुतनिक भी विश्वमै सबैभन्दा पहिला तयार भइ दर्ता भएको कोभिड १९ विरुद्धको खोप हो ।