काठमाडौं । बिहीबारसम्म देशभर ३ सय १४ जना कोरोना संक्रमितको आईसीयुमा र ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्।