काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेर थप गरेका तीन जना मन्त्रीले अहिले साढे ११ बजे शपथ लिँदै छन् ।

उनीहरुले राष्ट्रपति कार्यालय शितलनिवासमा शपथ लिने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले बुधबार १२औँ पटक मन्त्रिपरिषद् विस्तार गर्दै रिक्त रहेका अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयमा मन्त्री नियुक्त गरेका हुन् ।

अर्थ मन्त्रीमा विष्णु पौडेल, सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सिराहाका लिलानाथ श्रेष्ठ नियुक्त भएका छन् । त्यस्तै २ जना मन्त्रीको जिम्मेवारी पनि हेरफेर गरिएको छ ।