काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० सक्रिय संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालहरूमा सघन उपचार कक्ष आईसीयू र भेन्टिलेटरको चरम अभाव देखिएको छ । पर्याप्त मात्रामा आईसीयू र भेन्टिलेटर नहुँदा संक्रमण पुष्टि भएका र नभएका दुबै विरामीलाई दैनिकजसो सकस हुँदै आएको छ ।

गम्भीर प्रकृतिका बिरामीहरूले सितिमिति अस्पतालमा बेड पाउन सक्दैनन् । यस्तै, लक्षणसहितका गम्भीर प्रकृतिका संक्रमितले समेत बेड नपाएर छटपटिनुपर्ने बाध्यता सिर्जना भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार देशभर २ हजार ६ सय आईसीयू र नौ सय भेन्टिलेटर छन् । यस्तै २० हजार ७ सय ६५ आइसोलेसन बेड छन् । यसबाहेक देशभरका मेडिकल कलेजमा सात सय आईसीयू बेड, २ सय ३८ भेन्टिलेटर र ४ सय ५८ जना तालिमप्राप्त स्वास्थ्यकर्मी रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा १ सय ८१ वटा आईसीयू बेडमध्ये ८२ वटा र ७६ भेन्टिलेटरमध्ये २७ भेन्टिलेटर प्रयोगमा आएका छन् । काठमाडौं उपत्यका संक्रमणको दृष्टिकोणले हटस्पट बनेको छ । तर, उपत्यकाभित्रका सरकारी र निजी अस्पतालमा बेडको चरम अभाव छ ।

कोरोना संक्रमितको उपचारका लागि तोकिएका उपत्यकाका १० सरकारी अस्पतालमा २ हजार ८ सय ६८ जनरल बेड, ३ सय ५१ आइसोलेसन बेड रहेका छन् । यस्तै, उपत्यकाका निजी अस्पताल र मेडिकल कलेजहरूमा ३ हजार ५ सय ३ जनरल बेड, रहेका छन् ।

भेन्टिलेटर र आईसीयू पर्याप्त मात्रामा नहुँदा गम्भीर प्रकृतिका बिरामीहरू निकै मारमा परेका छन् । तर, सरकार भेन्टिलेटर र आईसीयू थप्न लागिपरेको छैन । आईसीयूमा भर्ना हुनुपर्ने बिरामीहरूलाई केही अस्पतालले वेटिङमा राखेको पाइएको छ ।

कोरोना भाइरस संक्रमण पुष्टि भएपछि काठमाडौं कीर्तिपुरमा होम आइसोलेसनमा बस्दै आएका प्यूठानका ४८ वर्षीय पुरुषमा एक्कासि छाति दुख्ने समस्या देखियो । उनका आफन्तले घरबाटै नजिकै पायक पर्ने भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फोन गरे । अस्पतालले बेड नभएको जानकारी दियो । यो समाचार आज राजधानी दैनिकमा छापिएको छ ।