र बढेर अन्य समूहका सेयर मूल्य उक्लिएपछि लगानीकर्ता जलविद्युत् कम्पनीतिर मोडिएका हुन् । एक महिना अघिसम्म कतिपय कम्पनीको सेयर मूल्य सय रुपैयाँभन्दा निकै कम थियो । गत ६ सेप्टेम्बरमा १ हजार ७६ दशमलव ४८ अंकमा रहेको उपसूचक २९५ अंकले बढेर ६ अक्टुबरमा १ हजार ३७१ दशमलव ३० मा पुगेको छ । बढी मूल्य भएकाहरूको पनि अन्य समूहका कम्पनीको भन्दा तुलनात्मक रूपमा कम छ । यही कारण लगानीकर्ताको आकर्षण जलविद्युत् क्षेत्रमा बढेको हो ।

दुई महिनाअघिसम्म दोस्रो बजारमा सूचीकृत कम्पनीमध्ये १८ वटा जलविद्युत् कम्पनीको सेयर मूल्य अंकित मूल्यभन्दा निकै तल झरेको थियो । तर, अहिले सबै कम्पनीका सेयर मूल्य बढेर सय रुपैयाँमाथि नै कारोबार भइरहेका छन् ।

कोरोना भाइरसको प्रभावबीच पनि जलविद्युत् क्षेत्रमा अन्य क्षेत्र जस्तो बृहत् प्रभाव नपरेका कारण यसतर्फ लगानीकर्ताको आकर्षण बढेको नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । उनले भने, ‘उत्पादित बिजुली अहिले प्राधिकरणले किनिरहेका कारण आयोजनामा आम्दानी भइरहेको छ ।’

अर्कोतर्फ अहिले सरकारले जलविद्युत् क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको छ । बैंक तथा वित्तीय संस्थाले पनि सस्तो ब्याजमा लगानी गर्नुका साथै सेयर लगानीकर्ताले समेत सस्तो ब्याजमा लगानी गर्न पाएका छन् । जलविद्युत् आयोजनालाई दिने भनेको सहुलियत अर्थात् ५० लाखको प्याकेजसमेत सरकारले दिने प्रतिबद्धता गरेको छ । जुन केहीले पाइसकेका छन् । यसकारण जलविद्युत्मा लगानीकर्ताको आकर्षण बढेको अध्यक्ष रौनियारले बताए ।

अंकित मूल्यभन्दा कममै दोस्रो बजारमै सेयर पाउन थालेपछि लगानीकर्ता जलविद्युत् कम्पनीको सेयर खरिद गर्नेतर्फ लागेका छन् । सूचीकृत कम्पनीको वित्तीय अवस्था कमजोर भएकै कारण लामो समयसम्म कम्पनीले लाभांश दिन नसक्दा बजार घटेर हैरान भएका लगानीकर्ता बल्ल त्यो संकटबाट बाहिरिएका हुन् ।

हाल १४ वटा कम्पनीको सेयर मूल्य दुई सयभन्दा माथि र बाँकी कम्पनीको सेयर सय रुपैयाँभन्दा माथि रहेका छन् । जसमध्ये चिलिमे हाइड्रोपावर कम्पनीको सेयर ५ सयभन्दा माथिको मूल्य कारोबार भइरहेको छ । त्यस्तै बुटवल पावर कम्पनीको ४१३ र सानिमामाई हाइड्रोपावर कम्पनीको ३१९ मा कारोबार भइरहेका छन् ।

सरकारले नेपालको पानी जनताको लगानीअन्तर्गत जलविद्युत् आयोजना निर्माण गर्ने नीति लिएको छ । केही महिनाअघिसम्म दयनीय बन्दै गएको जनताले लगानी गरेको जलविद्युत् क्षेत्रमा पछिल्लो समय लगानीकर्ता यसमा लगानी गर्न इच्छुक देखिन थालेका छन् । जलविद्युत् आयोजनाको नियमन गर्न विद्युत् नियमन आयोग गठन भएको एक वर्षभन्दा बढी भए पनि जलविद्युत् आयोजनामा लगानी गर्ने लगानीकर्ताले महसुस गर्न पाएका थिएनन् । लगानीकर्ताहरू अब भने नियमन आएको महसुससमेत गर्न थालेका छन् ।यो खवर आज राजधानी दैनिकमा छापिएको छ ।