काठमाडौं । काठमाडौँ उपत्यकामा आज मात्रै थप ८१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६४९, ललितपुरका १३२, तथा भक्तपुरका ३६ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ५१ जना कोरोना संक्रमित थपिएका छन्।