काठमाडौ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७४हजार ७ सय ७५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार ७ सय ४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५४ हजार ६ सय ४० पुगेको छ।

हाल देशभर संक्रिय संक्रमितको संख्या १९ हजार ६ सय २४ रहेको छ। यस्तै ६ हजार ३ सय १० जना क्वारेन्टिनमा रहेका छन्।