काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयका दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि देउवा हेम आइसोलेसनमा बस्नु भएको छ ।

सचिवालयका सातजनाको स्वाब परीषक्षण भएकोमा दुईजनामा संक्रमण देखिएको हो । आफ्नो सचिवलायका कर्मचारीमा संक्रमण पुष्टिभएपछि देउवा होम आइसोलेशनमा रहेको उहांका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

केही दिन यता सभापति देउवाले भेटघाट पूर्णरुपमा बन्द गरेको उहांले जानकारी दिनुभयो । बुधबार आएको रिपोर्टमा दुई कर्मचारीमा संक्रमण देखिएपछि आइसोलेशनमा रहेका देउवाको अहिलेसम्म स्वाब संकलन भने भएको छैन । शुक्रबार स्वाब संकलन गरी परीक्षणको तयारी भइरहेको स्वकीय सचिव भानु देउवाले बताउनुभयो ।