बेइजिंग । चीनले पुर्वी लद्दाखको विवादास्पद भुमीमा युद्ध अभ्यास थालेको छ । चीनको सरकारी टेलिभिजन च्यानल सीजीटीएनका अनुसार सुदुरपश्चिम चीनका भइरहेको उक्त लाइभ फायर ड्रिलमा १ हजार सैनिकले हिस्सा लिइरहेका छन् ।
ती सैनिक एक सय वटा सवारी साधनको प्रयोग गरी त्यहाँ पुगेका हुन् । उनीहरुलाई चीनको रेलवे लाइन हुँदै लद्दाख सीमा नजिक पुर्याएको हो । यस सैन्य अभ्यासमा चीनले तोप, ट्याक र क्षेप्यास्त्रको प्रयोग गरेका छन् ।
यसबीच भारतीय सेनाले पेगोंग इलाकाका पहाडहरुमा कब्जा गरेको भारतले दावी गरेको छ ।
भारतीय सेनाले तत्काल उक्त इलाकामा थप सैनिक तैनाथ गरेको छ । भारतले लाइन अफ कन्ट्रोल पेगोग तालको पिंmगर ८ सम्म रहेको र फिंगर ४ र ५ मा चिनियाँ सैनिकको तैनाथ स्विकार्य नहुने जनाएको छ ।
चीनले भारत तर्फको १ हजार किलोमिटर सिमा अतिक्रमण गरेको भारतको आरोप छ भने चीनले त्यसलाई अस्विकार गर्दै भारतीय भूभाग कब्जा नगरेको जनाएको छ ।
चीनसँगको सीमा विवादलाई लिएर चीन र भारत युद्धको स्थितिमा पुगेको विज्ञहरुले अनुमान गरेका छन् । यसबीच भारतीय विदेश मन्त्री सांघाइ सहयोग संगठनको सम्मेलनमा भाग लिन मस्को पुगेका छन् । यस सम्मेलनका क्रममा विदेशमन्त्री एस जयशंकरले मस्कोमा चीनका विदेशमन्त्री वांग यीसँग वार्ता गर्ने बताइएको छ ।