काठमाडौं । त्रिभुवन  विश्वविद्यालयको उपकुलपति कार्यालय र शिक्षाशास्त्र संकायमा तोडफोड गरेको आरोपमा प्रहरीले नेविसंघका ७ कार्यकर्तालाई पक्राउ गरेको छ । मंगलबार त्रिभुवन विश्वविद्यालयको उपकुलपति र रजिस्टारको कार्यालय  तथा शिक्षा शास्त्र संकायको विभागीय प्रमुखको कार्यालयमा नेविसंघ कार्यकर्ताले तोडफोड गरेका थिए ।

नेविसंघ केन्द्रीय समितिका अनुसार सम्झना खत्री, सञ्जय चौधरी, हरिप्रसाद जोशी, रामबहादुर थामी, रमेश कुँवर, विष्णु बडैला र मनोज कुँवर पक्राउ परेका छन् ।