काठमाडौँ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भाद्र २ गतेसम्म कोरोनाको महामारी जोखिम उच्च अवस्था रहेको र यही अवस्थामा जोखिम कायम रहिरहे ९१ हजार पोजेटिभ देखिनसक्ने बताएका छन् । परोपकारी प्रसुती तथा स्त्रीरोग अस्पतालको ६१ औँ वार्षिकउत्सवका कायर समारोहमा बोल्दै मन्त्री ढकालले विज्ञहरुको भनाइ उद्धृत गर्दै अहिले कोरोनाको उच्च जोखिम रहेकाले संक्रमितको दर बढ्ने बताएका हुन् ।

मन्त्री ढकालले त्यसको व्यवस्थापन र नियन्त्रणमा गर्न सरकार लागिपरेको पनि उल्लेख गरेका छन् । “आजसम्म नेपालका करीब २४ हजार संक्रमित रहेका छन, कोरोना नियन्त्रणमा सरकार लागिरहेको छ,” उनले भने ।

“विश्वलाई नियाल्दा पहिले भयावह भएको ठाउँमा फेरि बढेको रेकड छैन,” उनले भने, “हिजो जहाँ झिल्को देखिएको थियो, त्यही डडेलो देखिएको छ । विरगञ्ज, नेपालगञ्ज लगायतको क्षेत्रलाई लिन सक्छौँ ।” भारतमा कोरोना नियन्त्रण नगरिकन नेपालमा हुन नसक्ने ढकालको भनाइ छ ।

भारतमा दिनमा करिब १ लाख संक्रमित भइरहेका उल्लेख गर्दै त्यसै कारण नेपालमा न्यूनिकरण गरेर आफ्नो काम बढाउनुपर्ने जोड दिए । सरकारले अहिलेसम्म व्यवस्थित रुपमा पीसिआर परीक्षण गरिरहेको बताए ।

विश्व आफ्नो कैद गर्न सक्छु भन्नेहरु नै थरर कामेर बसेको भन्दै जस्तोसुकै अवस्था सिर्जना भए पनि कोरोना संक्रमित बिरामीको उपचार जिम्मा सरकारले लिन्छ स्पष्ट पारे । “जनताको स्वास्थ्य राज्यले लिन्छ, बिरामीको उपचार राज्यले गर्न नयाँ निती कार्यक्रम ल्याएका छौँ। लागू गर्ने अवस्थामा पुग्न भ्याएका छैनौँ,” उनले भने ।