लखनऊ । कोरोना भाइरस संक्रमणबाट भारतको उत्तर प्रदेश सरकारकी प्राविधिक शिक्षा मन्त्री कमला रानीको आइतबार मृत्यु भएको छ ।

रानीको मृत्युप्रति मुख्यमन्त्री योगी आदित्यनाथले दुख प्रकट गर्दै अयोध्या भ्रमणको कार्यक्रम रद्द गरेका छन् ।

गत १८ जुलाईमा उनी कोरोनासंक्रमित भएको पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनलाई उपचारको लागि लखनऊस्थित एसजीजीआई अस्पतालमा भर्ना गरिएको थियो ।