काठमाडौँ । एक्लै बैठक चलाउने प्रयास असफल भएपछि संवादबिहीन बनेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वरिष्ठ नेता झलनाथ खनालसहित प्रधानमन्त्री एवम्‌ नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालुवाटार पुगेका छन । सरकार ढाल्न लागेर असफल बनेका प्रचण्डले केहीदिनअघि स्थायी कमिटीको बैठक एक्लै चलाउने अलफल प्रयास समेत गरेका थिए ।
अहिले स्थायी कमिटीलाई कसरी संचालन गर्ने भन्ने बिषयमा नेताहरुबीच संवाद भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । असार १० गतेबाट शुरु भएको नेकपाको स्थायी समिती बैठक पटक पटक स्थगित हुदै आएको छ ।