काठमाडौं । अबैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न भक्तपुर मध्यपुर थिमी नगरपालिका–५ ताहाननीघर भई काठमाडौं महानगरपालिका–७ बौद्ध बस्ने ३३ वर्षीय हरिशंकर श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन भईरहेको भन्ने सूचनाका आधारमा खोजी गर्ने क्रममा काठमाडौं महानगरपालिका–२२ खिचापोखरीस्थित भवनमाअवैध रुपमा अन्तर्राष्ट्रिय कल बाईपास संचालन गरिरहेको अवस्थामा फेलापारी पक्राउ गरेको हो । श्रेष्ठबाट८ पोर्टको १ थानओपन भोक्स गेट वे, १ थान चार्जर र ८ थान एनसेलको सीमकार्ड बरामद भएको छ ।
श्रेष्ठ उपर दूरसंचार ऐन, २०५३ अन्तर्गत आवश्यक अनुसन्धान कार्य भईरहेकोउक्त ब्यूरोले जनाएको छ ।