काठमाडौँ । आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा आज भएको भेटवार्तामा विवाद टुंग्याउने गरी छलफल भएको छ ।

पार्टीमा बढेको गतिरोध अन्त्यका लागि केही दिनयता हरेक दिन जसो दुबै शीर्ष नेताबीच एक्लाएक्लै छलफल भइरहेको छ । आइतबार अन्य नेताहरुसहित वार्तामा बसेका उनीहरु सोमबार, मंगलबार र बुधबार भने एक्लाएक्लै छलफलमा बसेका थिए ।