लन्डन । १ सय मिटरको दूरी ९ दशमलव५८ सेकेन्डमा पूरा गरी विश्व कीर्तिमान बनाएका जमैकन धावक उसेन बोल्टले मंगलवार सामाजिक सञ्जालमा पहिलो पटक आफ्नो छोरीको फोटो सार्वजनिक गरेका छन् ।

ओलम्पिकमा आठ वटा स्वर्ण पदक जितेका उसेन बोल्टले आफ्नो प्रेमिका कासी बेनेटलाई जन्मदिनको अवसर पारेर इन्स्टाग्राममा भावनात्मक सन्देश दिने क्रममा आफ्नो छोरीको फोटो पहिलो पटक सार्वजनिक गरेका हुन् । उनले बच्चा र आमाको थुप्रै फोटोहरु शेयर गरेका छन् ।

उसेन बोल्टले लेखे,का छन –म आफ्नो प्रेमिका कासी बेनेटलाई जन्मदिनको शुभकामना दिन्छु । यस्तो विशेष दिन हामी सबै साथमा रहेकोले म धेरै खुसी छु । म खाली तिम्रो खुसी देख्न चाहन्छु र तिम्रो अनुहारमा मुस्कानका लागि हरसम्भव प्रयास गरिरहनेछु ।
हामी आफ्नो छोरी ओलम्पिया लाइटिनिंग बोल्टका साथ आफ्नो जीवनको नयाँ खुड्कीलामा प्रवेश गरेका छौं । म हाम्रो भविष्यलाई लिएर उत्सुक छु र यो विश्वास दिलाउँछु कि म आफ्नो परिवारका लागि चट्टान झै उभिरहन्छु । म तिमीलाई प्रेम गर्छु र तिमीलाई २१औं जन्मदिनको बधाई ।’

सार्वजनिक गरिएको फोटोहरुमध्ये एउटामा २१ वर्षीय कासी गाउन लगाएर आफ्नी छोरीलाई काखमा लिएर बसेकी छन् । अन्य फोटोहरुमा ओलम्पिया गुलाफी रंगको पहिरनमा देखिएकी छन् ।

उसेन बोल्टले गत जनवरीमा आफू पिता बन्न लागेको सार्वजनिक गरेका थिए । कासी मे महीनामा आमा बनेकी हुन् । इन्स्टाग्रामबाट सार्वजनिक गरिएको उक्त फोटोलाई ५ लाखभन्दा बढीले लाइक गरेका छन् ।
एकजना प्रयोगकर्ताले कमेन्टमा लेखेका छन्,ु शानदार नाम । ’ त्यस्तै अर्का एकजनाले लेखेका छन्,–ु छोरी आफ्नै बुवा जस्तै देखिन्छन्, अब यो हेर्नु छ की छोरीले १ सय मीटरको दूरी कति सेकेन्डमा पार गर्नेछिन् । ु