काठमाडौँ । एसियाली विकास बैंक (ए डी बी ) ले नेपाललाई २०० मिलियन डलर सहुलियत ऋण दिने भएको छ । नेपालको विद्युत वितरण प्रणालीलाई स्तरउन्नती गर्नको निम्ति उक्त ऋण प्रदान गरेको हो ।
उक्त रकम काठमाडौँ, भरतपुर र पोखरा क्षेत्रको विद्युत वितरण प्रणाली आधुनिकीकरण गर्नका निम्ति खर्च हुनेछ ।