खोटाङ . असार–१४, खोटाङका थप चार जनामा कोरोना संक्रमण भएको पूष्टी भएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका १८ वर्ष र ३८ वर्षका पुरुष, सोही नगरपालिकास्थित वडा नम्बर १४ बुइपाका २५ वर्षिया महिला र ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलकी ३० वर्षीय महिलालाई कोरोना संक्रमण
पूष्टी भएको हो ।
१८ वर्षिय युवा भारतबाट तथा अन्य युवायुवती तेश्रो मुलुकबाट आएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो । विभिन्न स्थानबाट आएपछि क्वारेन्टीनमा राखिएका उनीहरुको स्वाव संकलन गरेर पिसिआर परीक्षणका
लागि असार १० गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।
घर जाँदै गरेको अवस्थामा ऐसेलुखर्क गाउँपालिकाकी महिलाको दिक्तेलमा स्वाव संकलन गरेर गाउँ पठाइएको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ।
यसअघि हलेसी तुवाचुङ नगरपालिकाका चार जना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन् ।