काठमाडौं । नेपाल धितोपत्र बोर्डले सोमबारदेखि सेयर बजार खुला गर्ने निर्णय गरेको छ । आइतबार बोर्ड सञ्चालक समितिको बैठकले आवश्यक सुरक्षाका उपाय अपनाएर असार १५ गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो ।

कोरोना महामारीका कारण गत चैत ११ गते लकडाउन सुरु भएसँगै बन्द भएको सेयर बजार वैशाख २ गते खुलेको थियो । तर दुई दिन कारोबार हुँदा नेगेटिभ सर्किट लागेपछि बजार फेरि बन्द गरिएको थियो ।