काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले कोभिड–१९ र राजस्व अभावबाट हारेको सरकारले सलहको संकट थप हुँदा समस्या कसरी सम्बोधन गर्छ भनेर चिन्ता प्रकट गर्नुभइको छ ।

सलह देशमा भित्रिएपछि खाद्य अभाव सिर्जना हुन सक्ने भन्दै अनिकाल र महामारीको दोहोरो चपेटमा देशमा विकराल स्थिति पैदा हुने खतरा प्रति उहांले सरकारलाई सजग गराउनुभएको छ ।

‘कोभिड–१९ सँग हार खाएको सरकार राजस्व संकटबाट थिलथिलिएकै थियो । अब त सलहको समस्या समेत आइलागेको छ । सलहको संकटले खाद्य अभाव सिर्जना हुन सक्छ,’ राप्रपा अध्यक्ष राणाले आइतबार ट्वीट गर्दै भन्नुभएको छ ।

‘मध्ययुगमा झैं अनिकाल र महामारीबाट देशमा विकराल स्थिति पैदा हुन सक्छ । समय साधारण छैन । सरकारले समस्या कसरी सम्बोधन गर्छ ?’ उहांले भन्नुभयो ।