लन्डन । वेलायतको आइल्सवरी निवासी ३२ वर्षिया ट्रासी किसले काोरोना भाइरससंग जोगिन वा लड्नका लागि आफ्नै खालको अजिवको उपाय अपनाउँदै आएकीछिन् ।
दुई सन्तानका आमा किसले शरिरको प्रतिरक्षा प्रणाली बलियो बनाउने उद्देश्यले दही , दुध र फलफूलबाट बनाइएको जुसमा अलिकति मानव विर्य मिसाएर पिउने गरेकी छन् ।
उनले आफ्नो ब्वायफ्रेन्डले दिएको विर्य फ्रिजमा जम्मा पारेर राख्ने गरेकी छन् । लामो समयदेखि औषधिको रुपमा यसको प्रयोग गरी आएकी उनले खुशी हुँदै तीन वर्ष देखि आफुलाई सामान्य रुघा खोकी समेत नलागेको बताउँछिन् । पेशाले पर्सनल ट्रेनर किसले साताको तीनचोटी विर्य मिश्रित जुस नियमित पिउँदै आएकीछन् ।
उनी भन्छिन् – बजारमा पाइने रसायनिक औषधिमा के के मिसाइएका हुन्छन् । तर यसमा त्यस्तो केहि हुन्नन् । दुध पिलाउने महिलालाई पनि यसले केहि फरक पर्दैन ।
बरु शिशुले थप पौष्टिक तत्व पाउँछन् । मैले छाला सफा राख्न अनुहारमा पनि यो दल्ने गरेकी छुं । ’ तर विश्व स्वास्थ संगठनले भने यसलाई अझै औषधिको रुपमा मान्यता दिइसकेको छैन ।
उनले यस विषयलाई अझै यसरी स्पष्ट पारेकी छन् , ‘ यो घाँटी दुख्दा मह र कागती मिसाएको तातो पानी पिउनुु जस्तै सामान्य छ । लोकलाज र सामाजिक मर्यादाको ख्याल मलाई पनि छ । तर यो एक प्रकारको अद्भुत औषधि नै हो । विर्यका लागि पति वा प्रेमि बनाई राख्नु पर्छ भन्ने पनि छैन । कुनै पनि स्वस्थ पुरुष साथीसंग विर्यदान गर्न अनुरोध गर्न सकिन्छ ।