वासिंगटन, । घृणा भरिएको अभिव्यक्तिविरुद्ध दवाव दिने उद्देश्यले विश्व प्रसिद्ध हल्का पेय पदार्थ कम्पनी कोकाकोलाले कम्तिमा आगामी ३०दिन सम्म विश्वभरि सामाजिक संजालमा आफ्नो विज्ञापन नदिने भएको छ । कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारिणी अधिकारी जेम्स क्विन्सीले भनेका छन् – विश्वमा जातिवादका लागि कुनै पनि स्थान छैन । सामाजिक संजालमा पनि यसलाई स्थान छैन । सामाजिक संजाल कम्पनीले ठुलो जवफदेहिता र पारदशर््िाता अपनाउनु पर्दछ । ’
फेसबुकले आफ्नो समाचार मुल्यका लागि पोस्ट गरिने संभावित हानिकारक वा अन्यौल सिर्जना गर्ने सामग्री छनौट गरिने जनाएपछि कोकाकोलाले यो कदम चालेको हो ।
यसैगरी फेसबुकका संस्थापक मार्क जुकर्वर्गले भनेका छन् , ‘ मानिसहरुका विशेष जात , जनजातित्व , राष्ट्रिय मूल , धार्मिक आवद्धता , थर, यौनिक झुकाव , लैंगिक परिचय वा आप्रवास अवस्था दावी गरिएको सामग्रीयुक्त विज्ञापनहरु अरुलाई हानिकारक ठानिने छ ।
‘ आर्थिक फाइदाका लागि घृणा नगरौं ’ भन्ने अभियानको समर्थनमा नब्बे वाटा भन्दा बढि कम्पनीले आफ्ना बिज्ञापन रोकेका छन् ।