कोपेनहेगन। डेनमार्कका प्रधानमन्त्री मेत्ते फ्रडरिक्सन अन्तत आफ्नो विवाहका लागि तीथी तय गरिन् ।
तर उनले फेरी युरोपेली संघ ( इयु ) को बैठकको कारण तेश्रो पटक विवाह स्थगित गर्नुपर्ने देखिएको जानकारी दिएकी छन् । यस अघि पनि उनको विवाहको तिथि कोभिड १९ महामारीको कारण स्थगित हुँदै आएको थियो ।
फ्रेडरिक्सनले आफ्नो फेसबुकमा आफु र आफ्नो मंगेतर बोको तस्वीर पोस्ट गर्दै लेखेकीछन् , ‘ म साँच्चै यस गजबको मानिससंग विवाह गर्न लालायित छुँ । तर पक्कै पनि त्यो त्यति सजिलो छैन । हामीले जुलाई एक शनिवार विवाह गर्ने योजना बनाएका थियौं ।
तर त्यहि दिन ब्रसेल्समा इयुको बैठकमा भाग लिनु छ । तर मलाई डेनमार्कको हितका लागि काम गर्नुछ । त्यसैले हामीले योजाना परिवर्तन गर्नुपर्ने भएको छ । तर चाँडै नै अधिर भएर पर्खिरहेका बोसंग विवाह गर्नेछुं । १७ देखि १८ जुलाईमा आयोजना हुने युरोपेली परिषदको बैठकमा इयुका २७ वटा सदस्य राष्ट्रका प्रमुखहरुले भाग लिँदैछन् ।