काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

बैठकमा अध्यक्षद्वयले आफ्नो विचार राखेपछि अन्य एजेन्डामा प्रवेश गर्नेगरी बैठकका एजेन्डा तयार पारिएको थियो ।

बैठकमा एजेन्डा प्रस्तुत भएपछि शुक्रबार बस्नेगरी बैठक स्थगित भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११स्३० बाट सुरू भएको बैठक दिउँसो २स्३० बजे स्थगित भएको हो ।