काठमाडौ । । नेकपा अध्यक्ष प्रचण्डले तत्कालीन माओवादी र एमालेवीच पार्टी एकता हुनुभन्दा अघिल्लो दिन २०७५ साल जेठ २ गतेको सम्झौता कार्यान्यवन नभएको गुनासो गरेका छन् ।

बुधबार दिउँसो बालुवाटारमा आयोजित नेकपा स्थायी कमिटीको बैठकको उदघाटन सत्रमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सम्झौता कार्यान्वयन हुँदा दुवै अध्यक्षवीच आशंका बढ्ने गरेको टिप्पणी गरेका हुन् ।

तत्कालीन एमाले र माओवादीवीच ०७५ जेठ ३ गते औपचारिक रुपमा एकीकरण भएको थियो । त्यसको अघिल्लो दिन केपी ओली, प्रचण्ड, विष्णु पौडेल र जनार्दन शर्माले हस्ताक्षर गरेर पाँचबुँदे सहमति भएको थियो, जसमा ओली र प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने भनिएको थियो ।