भुम्लिचोक, ।
गोरखा अस्पतालको आईसोलेसन कक्षमा उपचार गराईरहेका गण्डकी गाउँपालिकाका ५ जना कोरोना जितेर घर फर्केका छन्। गाउँपालिकाका १० जना कोरोना संक्रमित मध्य ४ जना कोरोना जितेर आज घर फर्केको गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरन गुरुङले जानकारी दिएका हुन्।
उनीहरु सँगै अरु थप अन्य स्थानका ३ गरि ८ जना कोरोना जितेर घर फर्केका छन। जसमा भिमसेन थापा गाउँपालिकाका दुई जना र पालुङटार नगरपालिकाका एक जनालाई डिस्चार्ज गरिएको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए । उनीहरुलाई घर गएपछि पनि आफ्नो स्वास्थ्यको ख्याल गर्न स्वास्थ्यकर्मीले परामर्श दिएका छन् ।
‘१४ दिन आइसोलेसनमा राख्यौँ, दुई पटक पिसिआर रिपोर्ट नेगेटिभ आएपछि शनिवार घर पठाएका हौँ’ उनले भने । १४ दिन आइसोलेसनमा बसेका कुनै लक्षण नदेखिएकालाई थप तीन दिन राखेर घर पठाउने सकिने भएपनि अस्पतालले दुईपटक जाँच गर्दा कोरोना निको भएको पुष्टि भएपछि मात्रै घर पठाएको उनले बताए । आठ जना डिस्चार्ज भएसँगै गोरखा अस्पतालमा १६ जना उपचाररत छन्। जिल्लाभर संक्रमितको संख्या ४० पुगेको छ भने आठ जना निको भएर फर्किएका छन् ।