धनगढी।  सुदूरपश्चिममा शुक्रबार एक सय ६८ जनामा कोरोना पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या सात सय ८५ पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक सय ५१, धनगढी प्रयोगशालामा १२ र शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा पाँच गरी आज एक सय ६८ जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा वैतडीका ७ महिला र ५६ पुरुष गरी ६३ जना, कैलालीका १३ महिला र ३३ पुरुष गरी ४६ जना, डोटीका तीन महिला र १२ पुरुष गरी १५ जना, डडेल्धुराका ९ पुरुष, बाजुराका ८ पुरुष, अछामका एक महिला र ६ पुरुष गरी सात जना, बझाङका एक महिला र दुई पुरुष गरी तीन जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।