बांके । बांकेमा कोरोना संक्रमित १४४ जना पुगि सकेको छ । संक्रमण तीब्र गतिमा फैलन शुरु गरेको छ ।
नेपालगन्जका पत्रकारहरुले जोखिम मोलेर कोरोनासंग सम्बन्धित रिपोर्टिङ फोटो भिडियो समेत गरि नै रहेका छन । बांकेमा फिल्ड नै खटेर रिपोटिङ गर्दै आएका पत्रकारहरुको समेत पिसिआर टेष्ट भएको छैन ।
बांकेका पत्रकारहरुले नै भनि रहेका छन बढी जोखिममा रहेका नरैनापुरका बासिन्दालाई पहिलो प्राथमिकता दिन आग्रह गरिएको छ । तर कोरोनाको संक्रमणको जोखिम न्युन भएका क्षेत्रका फिल्ड मै खटेर रिपोटिङ समेत नगर्ने पत्रकारहरुले पिसिआर टेष्ट गराइ रहेका छन ।
जुनसुकै ब्यबस्था आए पनि राज्यको सिमित साधन स्रोत माथि जहिले पनि पहुचबालाको मात्रै हालिमुहाली हुने अबस्थाको अन्त्य गर्न आग्रह गरिएको छ ।