काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५२ लाख ८४ हजार पुगेको छ । संक्रमणका कारण ३ लाख ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा १६ लाखभन्दा बढी संक्रमित भएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख पुगेको छ । अमेरिकामा १६ लाख २१ हजार ६ सय ५८ जनामा संक्रमण देखिएको छ भने मृतकको संख्या ९७ हजार ४८ पुगेको छ ।

ब्राजिलमा ३ लाख ३ हजार ८ सय ९० जना संक्रमित छन् भने २१ हजार ४८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

बेलायतमा २ लाख ५८ हजार ५ सय ४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३६ हजार ७ सय ५७ छ ।

यसैगरी रुसमा ३ लाख ३५ हजार ८ सय २२ जनामा संक्रमण भएको छ भने ३ हजार ३ सय ८८ जनाको मृत्यु भएको छ ।
स्पेनमा २ लाख ३५ हजार २ सय ९० जना संक्रमित हुँदा मृतकको संख्या २८ हजार ६ सय ७८ छ ।