काठमाडौँ, । नेपाल दलित महिला उत्थान सङ्घ ९एड्वन० ले कोभिड–१९ लाई नियन्त्रण तथा रोकथाम गर्न सरकारले लागू गरेको बन्दाबन्दीको परिस्थितिमा दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्दै आएका परिवारलाई राहत वितरण गरेको छ ।

करुणा ट्रष्टको आर्थिक सहयोगमा एड्वन नेपालले बन्दाबन्दीका कारण दैनिकी चलाउन समस्या भएका गोरखा र चितवनलगायतका विपन्न परिवारलाई राहत वितरण गरिएको अध्यक्ष पम्फा परियारले जानकारी दिनुभयो ।

एड्वान नेपालले शुक्रबार भरतपुर महानगरपालिकाका वडा नं १६, १७ र १८ मा रहेका १५५ घरपरिवारलाई दाल, चामल, नून र तेललगायतका दैनिक उपभोग्य सामग्री वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

वडा नं १६ मा ५१ घरधुरी, वडा नं १७ मा ५३ घरधुरी र वडा नं १८ मा ५१ घरधुरीलाई प्रत्येक वडा कार्यालयको समन्वयमा रातह वितरण गरिएको हो । दलित समुदायको उत्थान गर्ने उद्देश्यले २०५५ सालमा स्थापना भएको सो संस्थाले पछिल्लो समय बन्दाबन्दीका कारण समस्यामा परेका विपन्न परिवारलाई राहत वितरण गर्दै आएको छ ।