करांची । पाकिस्तानको ब्यापारिक शहर लाहोरबाट करांचीको लागि उडेको पाकिस्तान इन्टरनेशलन एरलाईन्सको बिमान बिमानस्थल नजिकै दुर्घटना हुंदा ११ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीले जनाएको छ । उक्त दुर्घनापरी २ जनाको अवस्था सामान्य रहेको त्यहांको आपतकालिन बिभागले जनाएको छ ।
जिना अन्तराष्टिय बिमानस्थल भन्दा २ किलोमिटर वर घना बस्तीमा बिमान दुर्घटना भएको थियो । बिमानस्थलमा सवार कति जनाको मृत्यु भएको एकिन नभएको सिन्ध प्रान्तका स्वास्थ्य मन्त्रीले जानकारी दिएका छन ।
प्लाईट नम्वर ८३०३ नम्वर को उक्त बिमानमा ९१ जना यात्रु र ८ जना क्याबिन क्रु रहेको बताईएको छ । धेरै जनासंख्या भएको उक्त मानवबस्तीमा बिमान दुर्घटना भएको बताइएको छ ।
आपतकालिन बिमान अवतरणकाागि बिमानका क्याप्टेनले करांची बिमानस्थलका अधिकारीहरुसंग अनुरोध गरेको केही समयपछि बिमान दुर्घटनामा परेको थियो ।
उक्त बिमान दुर्घटनाको कारण केही घरहरुपूर्ण रुपमा ध्वस्त भएको पनि अधिकारीहरुले जानकारी दिएका छन ।
प्रत्यक्षदर्शी मोहमद उजीर खानका अनुसार ४ वटा घरपूर्ण रुपमा ध्वस्त भएको छ ।