रौतहट, । ईशनाथ नगरपालिका –९ दुर्गामन्दिरस्थित सडकबाट श्रोत नखुलेको नगद १० लाख ५ हजार रुपैयाँ सहित बारा सिम्रौनगढ नगरपालिका ७ बस्ने २५ वर्षीय सुकुरुल्लाह अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी औरैयाबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । साथै उनको साथबाट ना।५४ प २११६ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।