मस्को । रुसको एक अस्पतालको पुरुष कोरोना वार्डमा पारदर्शी पीपीइ किट भित्र अन्डरगार्मेट्स लगाएकी महिला नर्सको तस्वीर सामाजिक सन्जालमा ब्यापक भाइरल भइरहेको छ । महिला नर्सको यो ब्यवहारलाई लिएर रुसी स्वास्थ्य मन्त्रालयले अनुशासनात्मक कारवाही गर्न अनुमति दिएको छ । नर्सले युनिफर्मको नियम तोडेको छ, त्यसैले उनी विरुद्ध कारवाही हुने मन्त्रालयको एक बयानमा उल्लखे गरिएको छ ।
मस्कोबाट १ सय माइल दुरी स्थित टुलाको रिजनल क्लिनिकल हस्पिटलमा एक विरामीले उक्त तस्विर सामाजिक सन्जालमा पोस्ट गरिएको थियो । यद्यपी सम्बन्धित अस्पताल प्रशासनले ती नर्स विरुद्ध कुनै कारवाही गरेको छैन । नर्सले आफनो सफाईमा अस्पताल प्रशासनसँग आफुले लगाएको उक्त पीपीइ किट धेरै नै पारदर्शी छ भन्ने थाहा नभएको बताएकी थिइन् ।
अस्पताल प्रशासनको जाँचका क्रममा शुरुमा महिलाले पीपीइ किट भित्र अन्डर गार्मेन्टस लगाएको भनिएको थियो । तर पछि त्यो अन्डर गार्मेन्ट्स नभइ स्विमिंग सुट भएको दावी गरियो । नर्सले घटनालाई लिएर सार्वजनिक रुपमा कुरा गरेकी छैनन् । अनशासन कारवाहीको पुरा विवरण बाहिल ल्याइएको छैन ।
यद्यपी सामाजिक सन्जालमा कयौंले नर्सलाई समर्थन पनि गरेका छन् भने कयौंले आलोचना पनि गरे । समर्थकहरुले अस्पताल प्रबन्धन माथि चिच्याउनु पर्ने बताउँदै महिला नर्सले गर्मीका कारण त्यसतो गरेको बताएका छन् । अन्य केहीले कोरोना भाइरस संक्रमणका कारण अत्यन्त निरासामा डुबेका विरामीहरुमा आशाको संचार गरेको बताएका छन् ।