काठमाडौं । भारतीय ह्याकरले नेपाली सरकारी वेवसाइटमाथि आक्रमण गर्न थालेपछि नेपाली ह्याकरहरुले त्यसको जवाफ दिएका छन् ।
पछिल्लो समय नेपाल र भारतबीच सीमा विवाद चलिरहेकै बेला इन्डियन साइबर सेना नामबाट नेपालको बाँके वन विभागको वेवसाइट ह्याक गरेर यो एउटा नमुना भएको भन्दै नेपाललाई चेतावनी दिएको थियो ।

उनीहरुले ह्याक गरेको वेवसाइट केही घण्टामै फिर्ता आए पनि उनीहरुले नेपाली सरकारी वेवसाइटहरुलाई लगातार निशाना बनाइरहेको देखिन्छ । त्यसको बदलमा लिन नेपाली दुई ह्याकर्सको समूह लागेको छ । लगत्तै नेपाली ह्याकर ुब्रम्हु साइबर ट्रुप्स र ुसतनु ले भारतीय टिभी च्यानल एवीपी न्यूजलगायत चार वटा साइट ह्याक गरिदिएको छ ।