काठमाडौं । वन क्षेत्रमा कामगर्ने महिला प्राविधिकहरुको सञ्जाल ‘महिला वन प्राविधिक सञ्जाल’ले साप्ताहिक रुपमा जुम मार्फत वेविनारको आयोजना गर्दै आईरहेको थियो ।
यस हप्ता ‘वन क्षेत्रमा लैगिंक तथा सामाजिक समावेशीकरणः परिवेश, चुनौती र अवसर विषय’को वेविनारमा छलफल हुँदै थियो ।
वेविनारमा प्रस्तुत विषय माथि छलफल चलेको केही क्षणमै एक अपरिचित आइडिबाट अश्लील भिडियो (पोर्न) शेयर भएको वेविनारमा सहभागि एक महिला प्राबिधिकले जानकारी दिईन ।
‘साप्तहिक रुपमा सञ्चालित हुने वेविनारको यो पटकको छलफलमा भएको घटनाले हामीलाई दुखी तुल्याएको छ ।’, उनले भनिन्–‘यस्तो कार्यको जति विरोध गरे पनि कम हुन्छ ।’
वेविनारमा विद्यार्थीदेखि अन्तर्राष्ट्रिय लैगिंक विज्ञहरुको समेत सहभागि थिए । पाँचजन ापुरुष सहित दुई सय ७८ जनाले वेविनारमा सहभागिता जनाएका थिए । त्यस दिन अपरिचित आइडिलाई होस्टले पनि नियन्त्रण गर्न नसक्ने गरी अश्लील भिडियोको सम्प्रेषण भएको ती सहभागिले बताईन् ।
उक्त घटना जेठ ३ गते सांझ ८ बजे भएको पनि ती सहभागिले जानकारी दिईन ।
‘हामी वेविनारमा छलफलमै थियौँ । अपरिचित आइडीबाट एक्कासी पोर्न भिडियो शेयर भयो। होस्टले नियन्त्रण गर्न धेरै प्रयास गरे तर सफल हुन सकेनन ।’, उनले भनिन् ।
ती महिला प्राबिधिकका अनुसार भिडियोका साथै पुरुषको आवाजमा नेपाली भाषामा बोलेका अश्लील वाक्यांश रमहिलालाई गाली समेत गरिएको थियो ।
यस्तोकार्य महिला वन प्राविधिक संजालको अस्तित्वमाथिको प्रहार मात्र नभई यौनजन्य दुव्र्यवहारका साथै समग्र मानवीय सभ्यताकै उपहास भएको सञ्जालले जनाएको छ ।
‘वेविनारमा गरिएको उक्त हर्कतलाई विकृत मानसिकता भएका व्यक्तिहरुले घृणित, परपीडक मानसिकता बोकेर यस संजाल प्रति आक्रमण गर्न खोजेको रुपमा हामीले बुझेका छौँ ।, सञ्जालले विज्ञप्ती जारी गर्दै भनेको छ ।
‘एक सभ्य समाजमा यस्ता व्यवहारहरु अमान्य र कानूनद्वारा दण्डनीय हुन्छन् । उपरोक्त घटनाले हामीलाई थप संगठित, बलियो तथा प्रतिबद्ध बनाएको’ भन्दै सञ्जालले त्यस्तो तुक्ष व्यवहार भत्र्सनागर्दै खेद प्रकट गरेको छ ।
यसरी प्रविधिको दुरुपयोग गरी त्यस्तो कर्तुत गर्ने घटनाको विरुद्धमा कानूनी उपचारमा जाने सञ्जालले जानकारी दिएको छ ।
वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. सिन्धु ढुंगानाले यस विषयमा प्रतिक्रिया दिँदै ‘उक्त घटनाले आफूलाई दुखी बनाएको’बताउनुभयो । ‘वेविनारमा वास्तवमै हमला भएको थियो । यस्ता कार्यमा संलग्नलाई कडा भन्दा कडा कारबाही हुनु पर्दछ । कानूनी प्रकृयामा जानु पर्दछ ।’, उहाँले भन्नुभयो ।
नेपाल समाचारपत्रबाट