बेइजिंग,। चीनमा बत्तिस वर्षपछि हराइरहेका एक पुरुषको आफ्ना मातापितासंग पुनर्मिलन भएको छ । दुई वर्षको उमेरमा माओ यिन नामक ति व्यक्ति सन् १९८६ मा उत्तर पश्चिमी चीनको सान्सी प्रान्तको सियान शहर स्थित एउटा होटेलबाट अपहरित भएका थिए ।
उनलाई देशको अर्कै भागमा एउटा परिवारलार्इृ बेचिएको थियो । अकैं नाम दिएर हुकाईएका उनको लामो समयदेखि प्रहरी देशव्यापि रुपमा खोजि गर्दै आएको थियो । सोमवार माओ र उनका परिवारबीच भएको ऐतिहासिक पुनर्मिलन कार्यक्रम चीनको सरकारी टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो ।
आधिकारिक सरकारी संचार माध्यम सिन्ह्वाले प्रहरीलाई छिमेकी प्रान्त सिचुआनबाट अप्रिलमा उनकाबारे सियान प्रहरीले सुचना दिएको थियो । अनुहार चिन्ने अत्याधुनिक प्रविधि र डिएनए परिक्षणपछि यसै महिनाको शुरुमा माओको परिचय यकिन गरिएको थियो ।
आफ्नो छोरो हराएपछि जागिर समेत त्यागेकी उनकी आमा लि जिन्गझीले छोरो भेटिने आशमा एक लाख वटा भन्दा बढि सुचना प्रवाह गरेकी थिइन् । साथै विगत दुई दशकदेखि उनी थुप्रै टेलिभिजन कार्यक्रममा आफु जस्तै सन्तान हराउने व्यक्तिहरुसंगै प्रस्तुत हुँदै आएकी थिइन् ।