काठमाडौ । अमेरिकन आईडलमा नेपाली मुलका दिवेश पोखरेल दोस्रो भएका छन । लामो चर्चाको बीच पोखरेल दोस्रो भएका हुन । नेपालको काठमाडौ कलंकी घर भएका पोखरेल अमेरिकामा ग्रिन कार्ड लिएर बस्दै आएका थिए ।
भोटिडको आधारमा छनौट हुने उक्त प्रतियोगितामा पोखरेलले सोचे जति भोट पाउन नसकेको कारण उनले दोस्रोमा नै चित्त बुझाउनु परेको छ ।

पोखरेलको अद्वितिय स्वर भएता पनि मतदानको कारण दर्शकले अन्य प्रतियोगीलाई ज्यादा मन पराएको हुनाले उनले उत्कृष्ट ५ औ स्थानमा चित्त बुझाउनु पर्यो । अमेरिकन आइडल २०२० को १८ औ संस्करणको बाजी कलाकारले मारेका छन् ।

७ जना मध्ये दुई जना तुरुन्तै बाहिरिएका थिए भने दिबेश पोखरेल(अर्थर गन) ५ औ स्थान सम्म टिकेका थिए ।

अमेरिकाको ईतिहासमा पहिलो पटक नेपाली मूलका दिबेशले सुनौलो अक्षरमा आफ्नो नाम लेखाएका छन् । उनले अब आउने दोश्रो पुस्तालाई बाटो खोली दिएका छन् ।

यहाँ सम्म पुग्नु नै सम्पूर्ण नेपाली समुदायको लागि अमेरिकन आइडल बिजेता सरह हो । त्यो भन्दा दिबेशको प्रस्तुति कुनै कमजोरी रहेनन् । उनि सबैका प्रेरणाका श्रोत भएका छन् । सबैका प्रिय भएका छन् । लाखौ लाख प्रशंसक बनाउन सफल भए ।

उक्त अमेरिकन आईडलमा अमेरिकाकी अश्वेत गायिका जस सामले उपाधि जितेकी छन ।