कैलाली, । कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा डुंगामा सवार ५ जनामध्ये मोहन्याल गाउँपालिका १ बस्ने २१ बर्षीय बिर्ष बहादुर रोका मगर सहित ३ जना वेपत्ता भएका छन् ।
मोहन्याल गाउँपालिका(१ राक्साबाट डुङ्गामा कर्णाली नदी तरेर सुर्खेत चौकुने गाउँपालिका २ धम्बुस्थित स्थानीय बजारबाट खाध्यान्न लिई पुनः कैलालीतर्फ फर्कने क्रममा डुङ्गा पल्टिदाँ उनीहरु वेपत्ता भएको बताइएको छ ।
डुंगा दुर्घटना भएको खबर प्राप्त हुनासाथ तत्काल खटिएको स्थानीय प्रहरीले उनीहरुको खोजी गरिरहेको छ ।