लन्डन,। अन्तराष्ट्रिय बास्केटबल महासंघ (फिबा) ले आगामी वर्ष सारिएको टोकियो ओलम्पिकका लागि छनौट चरणका खेलहरुको मिति तय गरेको छ ।

फिबाले अन्तराष्ट्रिय आलम्पिक कमिटी ९आईओसी० सँगको छलफल पश्चात नयाँ मिति तोकेको हो । जसअनुसार छनौट प्रतियोगिता जुन २९ देखि जुलाई ४ सम्म हुने भएको छ । फिबाले शुक्रबार ओलम्पिकका लागि पुरुष बास्केटबल छनौटका लागि मिति सार्वजनिक गरेको हो ।

छनौट चरणमा २४ राष्ट्रहरुले ४ वटा छनौट चरणमा प्रतिस्पर्धा गर्नेछन् । जापानसहित सात राष्ट्रले भने टोकियो ओलम्पिकमा प्रवेश पाईसकेका छन् । जापानले आयोजक राष्ट्रको हैसियतले सोझै प्रवेश पाएको हो । त्यस्तै, अन्य राष्ट्रले बास्केटबल विश्वकपमा गरेको प्रदर्शनको आधारमा ओलम्पिकको टिकट काटेको हो । अब चारवटा छनौट प्रतियागिताका विजेताहरु टोकियो ओलम्पिकका छनौट हुनेछन् ।