सिन्धुली । भक्तपुरमा कोरोना भाइरस पुष्टि भएकी २५ वर्षीया स्टाफ नर्सको ट्राभल हिस्ट्रीका आधारमा सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमान बजारस्थित माइतीघर सिल गरिएको छ। १९ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

ती नर्स सुनसरीबाट भक्तपुर फर्कने क्रममा भीमानस्थित माइतीमा ४५ मिनेट बसेकी थिइन्। उनले खाना खाएर हिँडेको पुष्टि भएपछि माइतीसहित पाँच घरलाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले जानकारी दिए।

‘ट्राभल हिस्ट्रीका आधारमा ती महिलाले खाना खाएको माइती घरका ६ जना र छिमेकी १३ जना गरी १९ जनालाई क्वारेन्टाइनमा राखिएको छ’, पाण्डेले भने। १९ जनामध्ये १६ जनाको एउटै कम्पाउड भएकाले उनीहरूलाई होमक्वारेन्टाइनमा र अन्य छिमेकी दुई घरका तीनजनालाई भने सरकारी क्वारेन्टाइनमा राखिएको बताइएको छ।
अन्नपूर्णपोष्टबाट