काठमाडौ ।चरम बिवादमा रहेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक आइतबार सम्म बोलाइसक्ने बताउनु भएको छ ।

बिहीबार बोलाइएको बैठक स्थगित भएपछि अध्यक्ष दाहालले पहिलो प्रकतिकृया दिनु भएको हो ।

अध्यक्ष प्रचण्डले आन्तरिक गृहकार्य नपुगेकाले बैठक बस्न नसकेको दावी गर्दै अध्यक्ष प्रचण्डले अहिले दुई अध्यक्षबीच छलफल जारी रहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपीशर्मा ओलीसँगको छलफल सकिएपछि २ दिनभित्र स्थायी कमिटी बैठक बोलाउने तयारी भएको उहांले जानकारी दिनुभयो ।

संसद भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि स्वाव दिएपछि बोल्दै अध्यक्ष प्रचण्डले भने ‘अलि गृहकार्य नपुगेकै हो, दुबै अध्यक्षले बैठक एक दुई दिनभित्र बोलाउँछौँ।’