काठमाडौ । भारतका तेज बलर मोहम्मद शामीले एक सनसनीपूर्ण खुलासा गरेका छन । उनले इस्टाग्राममा अर्का क्रिकेट खेलाडी रोहित शर्मासंग लाईभ च्याटमा कुरा गर्दै आफ्नो निजी जिन्दगीको बारेमा महत्वपूर्ण खुलासा गरेका हुन ।
आफ्नो खेलको दौरान तीन पटक आत्महत्या गर्ने सोच बनाएको बताएका छन । उनले आफु परिवारकोलागि बाच्नु पर्दछ भन्ने सोचले मात्रै आत्महत्या नगरेको रोहित शर्मासंगको लाईभ च्याटमा बताएको बताएका छन ।
शमीले इष्टाग्रामा रोहित शर्मासंग कु्रा गर्दै २०१५को बिश्वकपको बेला घाईते भएको बेला उनले आत्महत्या गर्ने सोच बनाएको बताएका थिए । उनी १८ महिनापछि मात्रै पुन टिममा फर्किएका थिए । चोटको कारण घाइते भएपछि परिवारमा समस्या शुरु भएको पनि उनले बताएका थिए । उनी आईपीयल शुरु हुनु अघि पनि दुर्घटनामा परेर घाइते भएपछि मिडियाले आफ्नो बारेमा अर्नगल प्रचार गरेको पनि उनले बताएका थिए ।