तेह्रथुम, । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी तथा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा फेदाप गाउँपालिका १ पोक्लावाङ बस्ने ४१ वर्षीय कालीबहादुर लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँ बस्ने १७ वर्षीया किशोरीलाई गत शुक्रबार राति जबरजस्ती करणी तथा १३ वर्षीया किशोरीलाई बुधबार साँझ जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पोक्लावाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।