ललितपुर, । ललितपुर उद्योग वाणिज्य सङ्घले मुलुकमा कोभिड–१९ त्रासका कारण भइरहको बन्दाबन्दीमा ललितपुरका तीन स्थानीय तहलाई खाद्यान्न सहयोग गरेको छ । सङ्घले ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाका विपन्न, अपाङ्ग, असहाय, दैनिक ज्यालादारी गर्ने व्यक्ति वा मजदुरको परिवार भोकै बस्न नपरोस् भनी खाद्यान्न सहयोग गरेको हो ।

सङ्घले महानगरपालिकालाई दुई टन चामल, क्विटल दाल, गोदावरी र महालक्ष्मी नगरपालिकालाई एक–एक टन चामल र ५०–५० किलो दाल राहत वितरण गर्न सहयोग गरेको अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भौगोलिक विकटताको कारण हामीले ललितपुरका ती गाउँपालिकामा थप खाद्यान्न सहयोग गर्न सकेका छैनाँै । यी गाउँपालिकामा पनि खाद्यान्न सहयोग गर्नका लागि हामीले छलफल गरिरहेका छाँै ।” सहजरुपमा राहत लाने व्यवस्था मिलेमा यी तीनै गाउँपालिकालाई पनि खाद्यान्न सहयोग गर्ने महर्जनले बताउनुभयो ।

सङ्घले दैनिक काम गरेर खानुपर्ने महानगरपालिकाका १५० स्थानीय परिवारलाई १०–१० किलो चामल र एक–एक किलो दाल वितरण गरिसकेको छ । सङ्घले सुरक्षा निकाय लगायतका केही स्थानीयलाई पाँच हजार थान मास्क पनि वितरण गरिसकेको महासचिव मनोजबहादुर न्याछ्योले बताउनुभयो ।

यसैगरी अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले कोरोना सङ्क्रमण र नियन्त्रणका लागि महानगरपालिकालाई दुई वटा एम्बुलेन्स सहयोग गरेको छ । कोरोना सङ्क्रमण नियन्त्रणमा आएपछि उक्त एम्बुलेन्स एन्फालाई नै फर्काउने गरी एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र महानगपालिका प्रमुख चिरीबाबु महर्जनबीच सहमतिपत्रमा हस्ताक्षर भएको महानगरपालिकाले जनाएको छ ।