काठमाडौ । सत्तारुढ दल नेकपा एकिकरण भएपनि दुईबर्ष भन्दा बढी भइसक्यो । पूर्व नेकपा एमाले र नेकपा माओवी केन्द्रबीच एकत भएता भएर नेपाल कम्युनिष्ट पार्टी निर्माण भएको थियो । दुई पार्टी बीच एकिकरण भएको लामो समय भइसक्दा पनि पार्टीका कार्यकर्ताबीच भावनात्मक एकता हुन सकेको देखिदैन ।
पूर्व एमाले र पूर्व माओवादी कार्यकर्ताबीचको पछिल्लो रबैयालाई हेर्ने हो भने एकले अर्काको अस्तित्व स्वीकार गरेको देखिदैन । दुई अध्यक्षबीच बरु मिलन भएको देखिन्छ तर कार्यकर्ता तहमा भने एमालेबाट आएकाहरु माओवादी नेतालाई आफ्नो नेता मान्न तयार छैनन भने माओवादीबाट आएकाहरु एमालेका नेतालाई आफ्नो नेता स्वीकार गर्न सकिरहेका छैनन ।
दुवै पार्टीबाट एकतामा आएका कार्यकर्ताहरुमा देखिएको बेमेलले अहिले पार्टीका हरेक गतिबिधिलाई धक्का लाग्दै आएको छ । उग्र स्वभाव भएका कार्यकर्ताका कारण पार्टीको एकतामा भांजो हाल्ने काम भएको छ । पार्टी एकिकरण हुदा ६० र ४० को नीति दिएका दुबै अध्यक्ष अहिले बराबरको अवस्थामा पुगेका छन तर उग्र कार्यकर्ताका कारण एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्नु र सार्वजनिक रुपमा एकले अर्कालाई गाली गर्नुले नेकपाको अवस्था कमजोर मात्र भएको छैन कि पार्टी कुन बेला के हुने भन्ने चिन्ता ब्यक्त गर्न थालिएको छ ।
पूर्व एमाले र पूर्व माओवादी निकट पत्रकारले चलाएका अनलाईन पार्टलले एक अर्कालाई खेदो खनेर लेख्ने गरेको टिप्पणीले अहिले दुई अध्यक्षको टाउको दुखाई मात्र भएको छैन अध्यक्षहरुबीच पनि चिसोपन ल्याउने काम गरेको छ । पार्टी भित्र अहिले अनुशासन हराउदै गएको छ भने नेताहरुले पनि आफु अनुकुलको समाचार आफ्ना बिश्वासपात्र पत्रकार मार्फत सार्वजनिक गर्ने गरेका छन । अहिले प्रमुख प्रतिपक्षी लगायतका दलहरुले नेकपाको रमिता हेरेर रमाइरहेको देखिन्छ ।
प्रबिधिक रुपमा नेकपा एउटा पार्टी भएपनि पूर्व एमाले र पूर्व माओवादीहरु आ–आफ्नो गुठ चलाउने र एकले अर्कालाई सिध्याउने खेलमा लागेका छन । अहिले पूर्व एमालेहरु सत्तामा कसरी टिकीरहने भन्ने ध्याउन्नमा छन भने पूर्व माओवादीहरु सत्ता कसरी कब्जा गर्न सकिन्छ भन्ने दाउमा लागेका छन । प्रधानमन्त्री केपी ओली सत्ता टिकाउने र अझै केही बर्ष सत्तामा रहने दाउमा कार्यकर्तालाई परिचालन गरिरहका छन भने अध्यक्ष पुष्पकमल दाहाल –प्रचण्ड) कसरी सत्ता आफ्नो हातमा ल्याउने भन्नेमा नै तल्लिन भएको देखिन्छ ।
नेकपाका सबचिवालय बैठकमा नै पार्टी एकता कमजोर भएको र यसले सत्ता संचालन मात्र होईन पार्टी संचालनमा समेत कठिनाई भएको भन्दै चिन्ता ब्यक्त गरिरहेका छन । यही अवस्थामा नेकपा अगाडि बढ्ने हो भने आउदो चुनावमा नै पार्टीका कार्यकर्ता नेतालाई हराउन प्रतिपक्षसंग नमिल्लान भन्न सकिन्न ।