काठमाडौं । कोनोरान भाइरस नियन्त्रणकालागि चाहिने आवश्यक सामग्री खरिद गर्न परारष्ट्र मन्त्रालयले चीन , भारत, जापान, दक्षिण कोरिया लगयत पाँच देशलाई पत्राचार गरेको छ । नेपाली सेनाले ल्याउने ती सामग्रीको सूचीसहित परराष्ट्र मन्त्रालयले सम्बन्धित देशका दूतावासमार्फत पत्राचार गरेकोजनाएको छ ।

परराष्ट्र मन्त्रालयले नेपाल सरकारले जिटुजीमार्फत मेडिकल सामग्री खरिद गर्नुपर्ने भएकाले दूतावासमार्फत पहल गरेको हो । नेपाली सेनाले पनि ती देशमा रहेका राजदूतावासका सैनिक सहचारीमार्फत सामाग्रीहरु खरिदबारे पहल थालेको हो ।